site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारत भ्रमण निक्कै महत्त्वपूर्ण भएको भन्दै प्रधानमन्त्रीको ट्विट, भारतीय समकक्षीप्रति आभार 

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चौथो राजकीय भ्रमण महत्त्वपूर्ण भएको बताएका छन् । 

भ्रमणका क्रममा भारतमै रहेका प्रधानमन्त्री प्रचण्डले समाजिक संजाल ट्विटरमार्फत भ्रमण महत्वपूर्ण भएको बताएका हुन् । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति अभार प्रकटसमेत गरेका छन् । 

“प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ,” प्रधानमन्त्रीको अफिसियल ट्विटरमा भनिएको छ, “न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार, र भारतीय जनताप्रति आभार प्रकट गर्दछु ।” 

गत बुधबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्