site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश : राजीनामाबारे निवर्तमान स्वास्थ्यमन्त्रीद्वारा सदनमा जानकारी 

विराटनगर । कोसी प्रदेशकी निवर्तमान स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफ्नो राजीनामाबारे सदनलाई जानकारी गराएकी छन् । 

प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले आफ्नो पदबाट बुधबार मुख्यमन्त्री हिक्मत कार्कीलाई  राजीनामा दिएको जानकारी गराएकी हुन् ।

उनले छोटो अवधिसम्म कार्यभार सम्हाल्दै उत्कृष्ट काम गरेको बताइन् । उनले भनिन्, “मैले निमोनिया खोपलाई जनस्तरमा पुर्‍याउने योजना अघि बढाए । तर, महिला पोषणसम्बन्धी कार्यक्रम प्रस्ट नभएकोले त्यसलाई रोकियो । यसको बजेट पाँच करोड थियो ।” 

उनले प्रदेशमा सुकुम्बासीसम्बन्धी समस्या समाधान हुन नसकेकाले सरकारले प्रस्ट रूपमा काम गर्नुपर्ने माग गरिन् । झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको समस्या समाधान हुन नसकेको सुनाइन् । 

उनले पहिचानवादीसँग वार्ता गर्ने सरकारले भनेपनि त्यो स्पष्ट रूपमा नआएको बताउँदै भनिन्, “सरकारले वार्ता गर्ने भनेको छ तर कसले नेतृत्व लिने, कसरी अघि बढ्ने जस्ता विषय प्रस्ट छैनन् ।” उनले कोसी प्रदेश नाम खारेज गर्नुपर्ने माग गरिन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्