site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली भुटानी शरणार्थी प्रकरण : थप एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता सीताराम रिजालका अनुसार हरिभक्त महर्जन पक्राउ परेका हुन् । 

Argakhachi Cement Island Ad

“प्रतिवादी बनाइएका हरिभक्त महर्जन आज (बिहीबार) अदालतमा आफै उपस्थित भएका थिए, त्यसपछि उनलाई पक्राउ गरिएको हो,” उनले भने । 

महजर्न समेत गरी हालसम्म पक्राउ पर्नेको संख्या १८ पुगेको छ । १२ जना अझै फरार छन् ।  पक्राउ परेकाहरूको गत शुक्रबारदेखि जिल्ला अदालत काठमाडौंमा बयान लिइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्