site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिबाट संविधान उल्लंघन भयो : खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान उल्लंघन भएको बताएका छन् । 

बुधबार पत्रकार सम्मेलनमार्फत उनले संसदीय प्रक्रियाबाट अघि बढ्नुपर्ने आवश्यकता औंलाए । 

“संसद्मा छफलफल गरेर लगेको भए प्रक्रिया मिल्थ्यो । संविधान उलंघन गरियो । संविधान मिचेर गरेको राम्रो हुँदैन । त्यो ऐन बनाउन आवश्यक थियो होला,” उनले भने । 

नागरिकता विधेयक ठिक छ छैन छलफलको मौकानै नपाएको उनले बताए । साथै उनले अचम्म साथ अहिले विधेयक प्रमाणीकरण भएको जिकिर गरे । 

“यो विधेयक अहिलेको सभामुखले पठाएको हो ? उहिलेको पठाएको १५ दिनमा प्रमाणीकरण हुनुपर्छ । त्यो जिउँदै छ कि छैन ? अचम्मको कुुरा अहिले प्रमाणीकरण भयो,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्