site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बयान लिइने
फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरुको बयान लिइनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० विरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । 

Argakhachi Cement Island Ad

ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीनजनाको बयान भइसकेको छ‌ । पक्राउ परेका मध्ये १२ जनाको अझै न्यौपानेको इजलासमै बयान हुनेछ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्