site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले जेठ १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।  

बैठकले प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने टोलीकोसमेत स्वीकृत गरेको उनले बताइन् । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्रसहित पाँचमन्त्रीले भाग लिने शर्माले जानकारी दिइन् । 

त्यस्तै मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पनि पारित गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्