site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
टुँडिखेलमा मनाइयो १६औँ गणतन्त्र दिवस (तस्बिरहरू)

काठमाडौं । १६औँ गणतन्त्र दिवस मनाइएको छ । सोमबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो ।

समारोहमा विभिन्न झाँकी प्रस्तुत गरियो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समारोहमा सम्बोधन गरे ।

समारोहमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभाका सभमुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाउने गरिएको छ ।

वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार ०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भएको थियो । ०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट २४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको थियो । 

थप तस्बिर हेर्नोस्–

s161685339772.jpg

s151685339770.jpg

s121685339767.jpg

s131685339767.jpg

s101685339765.jpg

s111685339765.jpg

s81685339763.jpg

s91685339763.jpg

s51685339761.jpg

s31685339759.jpg

s41685339759.jpg

s11685339757.jpg

s21685339757.jpgतस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्