site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय संसद्को संयुक्त बैठक : नियमावली मस्यौदामा दफावार छलफल सुरु
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक सञ्चालन भइरहेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेर अघिबाट सुरु भएको हो । 

आजको बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८०’ को मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यक्रम रहेको छ । 

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमाथि अहिले छलफल जारी छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्