site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

हेटौँडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्