site stats
बाह्रखरी :: Baahrakhari
देश
संगठित अपराध, ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा चलाउन सिफारिस

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको अनुसन्धानको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो । 

Argakhachi Cement Island Ad

प्रतिवेदनमा संगठित अपराध, ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

“प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन रायसमेत प्रस्तुत भएको छ,” जिल्ला सरकारी वकिल कार्यलयको प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानले भने, “उहाँहरुले सिफारिस गर्नुभएको छ । मुद्दा चलाउने अधिकार हामीलाई भएकाले प्रतिवेदन अध्ययनपछि निर्णय हुन्छ ।”

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्