site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो । 

उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर छन् । समिति सभापति (ज्येष्ठ सदस्य) मंगलप्रसाद गुप्ताका अनुसार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधन कर्ता तथा सरोकारवालाहरुसँग छलफल गरी दफावार छलफलसमेत गरेर उपसमितिले काम प्रारम्भ गरेको तीन साताभित्र समिति समक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ । 

समिति सभापति गुप्ताले उपसमितिले आफ्नो संयोजक आफैँ चयन गर्न सक्ने र आफ्नो कार्यविधि आफैँ निर्णय गर्नसक्ने बताए ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्