site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भयो संसद् बैठक 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने तय भएको बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरको कार्यसूची छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले प्रश्न सोध्न नपाए संसद्मा नग्न हुने चेतावनी दिएपछि बैठक सुरु हुन ढिलाइ भएको थियो ।

नियमावली मिचेर प्रश्न टिपाउने सबै सांसदले प्रश्न सोध्न पाउने गरी बैठक चलाउन लागिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्