site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुर आगलागी : दुई करोड २९ लाखको क्षति
Argakhachi Cement Island Ad

भक्तपुर । भक्तपुरमा आइतबार साँझ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको छ ।  सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना आगलागी भएको थियो ।  

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण संकलन गर्दै क्षतिको मूल्यांकन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको हो । 

न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरुमा आइतबार साँझ सवा ७ बजे आगलागी सुरु भएर फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी हुँदा मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा दुई करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । राुु
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्