site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ सम्भावित कार्यसूची)
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’  भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

नेपाली कांग्रेसबाट वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्य तथा सामाजिक एवं साहित्य क्षेत्रमा सक्रिय पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा मिति २०८० साल वैशाख २९ गते निधन भएकोमा उनको निधनप्रति आजको बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्