site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाशलाई सभामुखले दिए १८ मिनेटको समय
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको बैठकमा १८ मिनेटको समय पाएका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा आर्थिक वर्ष ०८०/०८१ का लागि विनियोजन विधेयकको सिद्धान्त प्राथमिकतासम्बन्धीको छलफलका लागि सभामुख देवराज घिमिरेले शर्मालाई १८ मिनेटको समय दिएका हुन् । 

प्रतिनिधिसभामा दलीय आधारमा उनले उक्त समय पाएका हुन् । संसद्मा बोल्ने समयका लागि दलीय उपस्थितिका आधारमा समय निर्धारण हुने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्