site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । 

केहीबेर अघिदेखि जारी बैठकमा प्रधानन्यायधीश नियुक्तिको सिफारिसको विषयमा छलफल भइरहेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

यसअघि बसेको परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्