site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तस्बिरमा हेर्नुहोस् रातो मच्छिन्द्रनाथ रथयात्राको पहिलो दिन

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सोमबारबाट सुरु भएको छ । जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःवहालमा पुर्‍याइएको छ ।

रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ ।

Rato Machhindranath (17)1682355666.jpg

Argakhachi Cement Island Ad

रातोमच्छिन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् । मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।

Rato Machhindranath (16)1682355665.jpg

यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ । 

Rato Machhindranath (15)1682355663.jpg

Rato Machhindranath (14)1682355661.jpg

Rato Machhindranath (13)1682355659.jpg

Rato Machhindranath (12)1682355657.jpg

Rato Machhindranath (11)1682355656.jpg

Rato Machhindranath (10)1682355654.jpg

Rato Machhindranath (9)1682355652.jpg

Rato Machhindranath (7)1682355648.jpg

Rato Machhindranath (8)1682355648.jpg

Rato Machhindranath (5)1682355644.jpg

Rato Machhindranath (6)1682355644.jpg

Rato Machhindranath (4)1682355640.jpg

Rato Machhindranath (3)1682355640.jpg

Rato Machhindranath (1)1682355636.jpg

Rato Machhindranath (2)1682355636.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:५१
प्रतिक्रिया दिनुहोस्