site stats
बाह्रखरी :: Baahrakhari
देश
नियमित खोप छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते दिइने 
फाइल तस्बिर ।

काठमाडौं । नियमित खोप लगाउन छटेका पाँच वर्षमुनिका बालबालिकालाई सरकारले यही वैशाख १५ र ३१ गते खोप दिने भएको छ ।

बृहत् खोज र खोप अभियानअन्तर्गत दुई दिन खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप सरकारी स्वास्थ्य संस्थाबाट दिइनेछ ।

बालबालिकालाई जन्मिएको १५ महिनाभित्र विभिन्न चरणमा गरी १२ भन्दा बढी रोगविरुद्धको खोप दिइँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्