site stats
बाह्रखरी :: Baahrakhari
देश
असिनाले बालीमा क्षति
फाइल तस्बिर

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीमा क्षति पुर्याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।  
 
केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायत क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिए । 

हावाहुरीसहित परेको असिनाका कारण मकै, गहुँ, जौ, सागपात र फलफूल खेतीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । यसअघि फागुनको मध्यतिर पनि यहाँ असिना परेको थियो । रासस 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्