site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मिटरब्याजपीडितको दोस्रो टोली काठमाडौंमा (तस्बिरसहित)

काठमाडौं । मिटरब्याजपीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमबार माइतीघर मण्डलामा मिटरब्याजीविरुद्ध प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबारअगाडि कार्यक्रम गरेका छन् ।

यसअघि शनिबार सरकार र मिटरब्याजपीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

Myterbyaji pidit (3)1680517539.jpg

सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूको एउटा समितिसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । तर, सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको दुई दिनपछि देशभरका मिटरब्याजपीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन सुरु गरेका हुन् ।

सोमबार काठमाडौंमा आएका मिटिरब्याजपीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर पीडितहरूले किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटरब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पीडित किसान एक हौं जस्ता नारासमेत लगाएका छन् ।

Myterbyaji pidit (4)1680517538.jpg

Myterbyaji pidit (6)1680517536.jpg

Myterbyaji pidit (9)1680517532.jpg

Myterbyaji pidit (15)1680517526.jpg

Myterbyaji pidit (18)1680517523.jpg

Myterbyaji pidit (17)1680517523.jpg

Myterbyaji pidit (9)1680517532.jpg

Myterbyaji pidit (11)1680517530.jpg

Myterbyaji pidit (12)1680517530.jpg

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्