site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पर्यटकको पर्खाइमा नोहक गुफा (२० तस्बिर)

काठमाडौं । काठमाडौंबाट करिब ११० किलोमिटरको दूरीमा अवस्थित छ, नोहक गुफा । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८, घाङमाङ गाउँमा रहेको नोहक गुफा यति बेला चर्चाको विषय बनेको छ ।

गएको शनिबार बेनीघाट रोराङ गाउँकार्यपालिकाको बैठक गुफा प्रांगणमा बसेको थियोे । बैठकपश्चात् जनप्रतिनिधि, अतिथि र सञ्चारकर्मीसहितको टोलीले गुफाको दृश्यावलोकन गरेको थियो । गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयले यसलाई दक्षिण एसियाकै ठूलो गुफा भएको दाबी गरेका छन् ।

गुफासम्म पुग्न पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको चरौँदीबाट करिब २६ किलोमिटर उकालो साँघुरो र जोखिमपूर्ण सडक पार गर्नुपर्छ । उक्त सडकको स्तरोन्नतिका लागि यो वर्ष वाग्मती प्रदेश सरकारले ९९ करोड रुपैयाँ विनियोजन गरेको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले जानकारी दिए ।

भौगोलिक रूपमा विकट भए पनि राम्रोसँग प्रचारप्रसार र आउने बाटो सहज भएमा गुफा हेर्न आन्तरिक र विदेशी पर्यटकको घुइँचो लाग्ने अध्यक्ष थपलियाको विश्वास छ ।

गुफाभित्र छिर्ने बाटो, त्यहाँभित्र खानेपानी, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधारको विकास र गुफाको सुन्दरता झल्काउने काम अगाडि बढाइँदै छ । गुफासम्म विद्युत् पुर्‍याउन यति बेला पोल गाड्ने काम भइरहेको छ ।

घाङमाङका चेपाङ समुदाय गुफाको संरक्षणमा लागिपरेको छ । चेपाङ समुदायका अगुवाका अनुसार गुफाभित्र मनमोहक दृश्य, विभिन्न कलाकृति र झरना समेत छ । उनीहरू आन्तरिक र विदेशी पर्यटकलाई गुफामा घुमाउने गर्छन् । उनीहरूका अनुसार नोहक गुफा पूरै अवलोकन गर्न करिब तीन/चार घण्टा लाग्छ ।

थप तस्बिर हेर्नोस्–

Nahak Gupha (20)1678165193.JPG

Nahak Gupha (19)1678165191.JPG

Nahak Gupha (17)1678165190.JPG

Nahak Gupha (18)1678165190.JPG

Nahak Gupha (16)1678165189.JPG

Nahak Gupha (15)1678165188.JPG

Nahak Gupha (14)1678165187.JPG

Nahak Gupha (12)1678165186.JPG

Nahak Gupha (13)1678165186.JPG

Nahak Gupha (11)1678165185.JPG

Nahak Gupha (10)1678165184.JPG

Nahak Gupha (9)1678165183.JPG

Nahak Gupha (7)1678165182.JPG

Nahak Gupha (6)1678165181.JPG

Nahak Gupha (4)1678165180.JPG

Nahak Gupha (5)1678165180.JPG

Nahak Gupha (3)1678165177.JPG

Nahak Gupha (2)1678165176.JPG

Nahak Gupha (1)1678165176.JPG

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्