site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
वीरेन्द्रको सम्झना (तस्बिरहरू)

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको ७८औँ जन्मजयन्तीका अवसरमा उनको सालिकमा माल्यार्पण गरिएको छ ।

बिहीबार ललितपुरको जावलाखेलस्थित सालिकमा माल्यार्पणका साथै श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद् नेपालले गरेको कार्यक्रममा विभिन्न व्यक्तिले वीरेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि.सं २००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको ०५८ जेठ १९ गते तत्कालीन नारायणीहिटी राजदरबारमा गरिएको हत्याकाण्डमा मृत्यु भएको थियो ।

Argakhachi Cement Island Ad

वीरेन्द्रलाई जनप्रेमी एवम् उदार राजाका रूपमा लिइन्छ । उनले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि समेत बनाएका थिए ।

थप तस्बिर हेर्नोस्–

sunilpradhan_birendra_12khariphoto-71672301500.jpg

sunilpradhan_birendra_12khariphoto-61672301499.jpg

sunilpradhan_birendra_12khariphoto-51672301496.jpg

sunilpradhan_birendra_12khariphoto-41672301494.jpg

sunilpradhan_birendra_12khariphoto-31672301493.jpg

sunilpradhan_birendra_12khariphoto-11672301489.jpg

sunilpradhan_birendra_12khariphoto-21672301488.jpg

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्