site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा यसरी गराइन्छ, दुखाइरहित प्रसूति (भिडियो वार्ता)

काठमाडौं । भनिन्छ, प्रसव पीडा महिलाको जीवनकालमा सबैभन्दा गहिरो शरीरिक दुखाइको क्षण हो । विशेषतः नर्मल डेलिभरी भएका आमाहरूमा दुई दिनसम्म पनि प्रसव पीडा हुने गरेको पाइन्छ । 

विश्वमा प्रसव पीडालाई कम गर्ने विभिन्न (पेनलेस डेलिभरी) पद्धतीहरू अभ्यासमा छन्  ।

त्यसमध्ये नेपालमा पनि प्रयोग भइरहेको विधि हो एपिड्युर एनल्जेसिया । त्रिवि शिक्षण अस्पतालसहित विभिन्न निजी अस्पतालहरूमा पनि अहिले पेनलेस डेलिभरी सेवा सुरु भइसकेको छ । 

Argakhachi Cement Island Ad

नर्मल डेलिभरी हुन लागेका गर्भवीतहरूको ढाडमा क्याथेटर (करिब ३.५ सेमी)को माध्यमबाट थोरै मात्रा औषधि राखेर दुखाइलाई कम गरिन्छ । 

यसरी राखिएको क्याथेटर सामान्यतः बच्चा जन्मिएको एक घण्टासम्म राखिने त्रिवि शिक्षण अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. बासुदेव पराजुली बताउँछन् । 

यसरी प्रसूति भएका आमाले एक घण्टाभित्रै शिशुलाई स्तनपान गराउन र अन्य सुत्केरीझैँ विस्तारै सामान्य अवस्थामा फर्कनसक्ने डा. पराजुली बताउँछन् । 

पेनलेस डेलिभरी गराएका महिलामा पछि गएर ढाडसम्बन्धि समस्या हुन्छ पक हुँदैन भन्ने बुझाइ धेरैमा भए पनि दुखाइ कम गर्ने क्रममा न्यून मात्रामा मात्रै औषधि प्रयोग गरिने हुँदा यस्ताखाले समस्या नआउने उनको भनाइ छ ।  

तर, यो विधि रगत पालतो भएका वा पातलो बनाउने औषधि प्रयोग गरिरहेका, मुटुमा   समस्या भएका, पे्रसर कम भएका वा सोही औषधिको एलर्जी भएका गर्भवतीमा भने अपनाउन नहुने डा. पराजुली बताउँछन् । 

प्रस्तुत् छ, नेपालमा पेनलस डेलिभरीको अभ्यास, यसका फाइदा बेफाइदालगायत विषयमा उनै डा. पराजुलीसँग बाह्रखरीकर्मी अस्मिता रिजालले गरेको भिडियो कुराकानी–
 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्