site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बर्सात


सिमसिम पानी छ
मात्तिने बानी छ
भिजेका परेलीहरू
वाह ! क्या जवानी छ


दुई मनको बात भयो
निस्पट्ट रात भयो
छचल्किँदै खुसीहरू
प्रेमको बर्सात भयो


मायालुको सत्कार मिठो
पलपलको प्यार मिठो
रुझेका समयहरू
अनमोल उपहार मिठो


झरीको प्रीत अलग
प्रेयसीको गीत अलग
अनगिन्ती स्पर्शहरू
मायाको जित अलग

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्