site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अक्षय कुमार फेरि बने सबैभन्दा धेरै कर तिर्ने कलाकार

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार एकपटक फेरि सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन् । अभिनेतालाई हालै आयकर विभाग (इनकम ट्याक्स डिपार्टमेन्ट)ले सम्मानपत्र दिँदै इन्टरटेन्मेन्ट इन्डस्ट्रीमा अक्षय सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी बनेको बताएको छ । 

यसअघि अक्षयले सन् २०१७ मा २९.५ करोड भारु कर तिर्दै सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी बनेका थिए । 

साथै सन् २०१४/०१५ मा पनि अक्षय सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका थिए ।

सन् २०१८ मा अक्षय विश्वको सबैभन्दा धेरै कमाइ गर्ने सूचीको सातौँमा परेका थिए । फोर्ब्सले उनलाई सातौँ स्थानमा राखेको थियो । अक्षयको एउटा चलचित्रको पारिश्रमिक करोडौँमा हुन्छ । 

नवभारत टाइम्सका अनुसार, उनले पछिल्लो रिलिज चलचित्र ‘पृथ्वीराज’ का लागि भारु ६० करोड पारिश्रमिक लिएका थिए ।

त्यसैगरी एउटा विज्ञापनका लागि अक्षय ८ देखि १० करोड भारु पारिश्रमिक लिने गर्छन् ।

नवभारत टाइम्सबाट ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्