site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला
प्रतीकात्मक तस्बिर ।

काठामाडौं । झापामा तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा आइतबार मृत फेलापरेका छन् ।

कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको रुखमा झुन्डिएको अवस्थामा उनीहरू मृत फेलापरेका हुन् ।

स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार उनीहरू तीनैजना शनिबार रातिदेखि हराएका थिए । “तीनैजना किशोरी चिया बगानमै मजदुरी गर्दै आएको भन्ने छ । थप अनुसन्धान गर्ने तयारी भइरहेको छ,” उनले बाह्रखरीसित भने ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्