site stats
बाह्रखरी :: Baahrakhari
देश
हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं । कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ताप्लेजुङमा ५४ वर्षीया श्रीमती कान्छीमाया लिम्बूलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका–९ बस्ने ६५ वर्षीय बलबहादुर साँवा पक्राउ परेका हुन् ।  

घरायसी विवादका कारण बलबहादुरले कुटपिट गर्दा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्