site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा पुरुष मृत फेला
प्रतीकात्मक तस्बिर ।

तनहुँ । तनहुँको व्यास नगरपालिका–३, परासर टोलस्थित अनशन चौतारीमा एक पुरुष मृतावस्थामा फेलापरेका छन् । अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेलापरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । रासस

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्