site stats
बाह्रखरी :: Baahrakhari
देश
कपनबाट सुन्दरीजल घुम्न गएका एक किशोर बेपत्ता 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित खोलामा बगेर एकजना बेपत्ता भएका छन् । साथीसँग घुम्न गएका कपन बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएका हुन् ।

उनी शनिबार अपराह्न करिब ४ बजेदेखि बेपत्ता भएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

“१५–१६ वर्षका सातजना केटाहरू घुम्न सुन्दरीजल गएका रहेछन् । एकजना बेपत्ता छन् । खोजीकार्य जारी छ,” डीएसपी न्यौपानेले बाह्रखरीसित भने  ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्