site stats
बाह्रखरी :: Baahrakhari
देश
कोशी, नारायणी र यसका सहायक नदीमा आज उल्लेख्य वहाब बढ्ने
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । कोशी, नारायणी र यसका सहायक नदीहरूको बहाव आज उल्लेख्य बढ्नेछ । यद्यपि, सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आगामी तीन दिनसम्म प्रमुख नदीहरू कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ । 

केही स–साना नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले नदीका तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्