site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मासियो

सञ्जु रेग्मी


बस्ती बढ्यो सिँचाइ गर्ने कुलो मासियो
सहर बढ्यो मुसा, सर्प, दुलो मासियो ।

Argakhachi Cement Island Ad

खेतीयोग्य जमिन प्लटिङले टुक्रा पार्दा
धान थुपार्ने, दाइँ गर्ने, खलो मासियो ।

एलपी ग्यास र इन्डक्सनको प्रयोग बढ्दै जाँदा
दाउरा बाल्ने, आगो फुक्ने, चुलो मासियो ।

आधुनिक प्रविधिको प्रयोग बढ्दा खेती गर्न
बाउसे, गोरु, हली अनि हलो मासियो

डिजिटल तराजुको प्रयोगले बजारमा
कुन कम, बढी भन्दै जोख्ने तुलो मासियो ।

आरसीसी र ढलान घरको निर्माण बढ्दै गयो
पिँढी, छानो, मुड्को अनि बलो मासियो ।
 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्