site stats
बाह्रखरी :: Baahrakhari
देश
महोत्तरीमा हत्यामा संलग्न रहेको आरोपमा पक्राउ 
Argakhachi Cement Island Ad

काठमाडौं । महोत्तरीमा हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय रामनाथ दासलाई प्रहरीले पक्राउ गरेको हो ।

पिपरा गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा रामबहादुर दासको शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथ दासको संलग्नता रहेका खुलेपछि उनलाई एकथान कोदालोसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्