site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पूर्ण खोपसहित दुईपटक बुस्टर डोज लगाएका बाइडेनलाई कोरोना संक्रमण

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड १९ को संक्रमण भएको छ । कोभिड १९ विरुद्धको खोपको पूर्ण डोज र दुईपटक बुस्टर डोजसमेत लिइसकेका बाइडेनलाई संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ । 

उनमा अहिले सामान्य लक्षण देखिएका छन् ।

Argakhachi Cement Island Ad

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को निर्देशिकालाई पालना गर्दै उनी ह्वाइट हाउसमै आइसोलेसनमा बस्नेछन् । उनले आफ्ना दैनिक सरकारी कामकाजलाई पनि निरन्तरता दिनेछन् ।

सन् २०२० मा कोरोना महामारी फैलिएयता अमेरिकामा दस लाख भन्दा बढी संक्रमितको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्