site stats
बाह्रखरी :: Baahrakhari
देश
३६ जिल्लामा देखियो कोरोना, काठमाडौंमा थपिए १९२ संक्रमित

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १९२ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १४९, भक्तपुरमा १२ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एकहजार ६५९ पुगेको छ । आज ३६ जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् ।

Argakhachi Cement Island Ad

आज देशभर रहेका दुईहजार ५३७ जना सक्रिय संक्रमितमध्ये दुईहजार ३९६ जना होम आइसोलेसनमा र १४१ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये १९ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्