site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाँडेको नियुक्ति बदर गर्न माग गर्दै १२ जनाको हस्ताक्षर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट निर्णय गरिएको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको नियुक्ति बदर गर्न माग गर्दै कार्यसमितिका १२ सदस्यले हस्ताक्षर गरी महासचिव किरण राईलाई बुझाएका छन् ।

अवैधानिक रूपमा पहिलो बैठकबाट एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरिएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीपक खतिवडासहित १२ जनाले पाँडेलाई बर्खास्त गर्न माग गरेका छन् ।

Argakhachi Cement Island Ad

बिहीबारका लागि बोलाइएको एन्फा कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित गरिएको छ । कार्यसमितिका १२ सदस्यले पहिलो बैठकमा विवादित बनेको निर्णय सच्चाउन माग गरेपछि अध्यक्ष पंकजविक्रम नेम्बाङले बैठक स्थगित गरेका हुन् । कार्यसमितिका १९ मध्ये १२ सदस्यले हस्ताक्षर गरेपछि अध्यक्ष नेम्वाङले आजका लागि बोलाइएको बैठक स्थगित गरेका हुन् ।

यसअघि, सोमबारका लागि तय गरिएको बैठक नेम्वाङको स्वास्थ्यमा समस्या आएको भन्दै स्थगित गरी आजको लागि तोकिएको थियो । तर, आज पनि एजेन्डमा प्रवेश नै नगरी बैठक स्थगित गरिएको छ । 

गएको असार ८ गते सम्पन्न पहिलो बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा पाँडे र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको थियो । एन्फा पहिलो बैठकमा भएका निर्णय नै विवादित बनेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्