site stats
बाह्रखरी :: Baahrakhari
देश
दार्चुला, नुवाकोट र बाजुरामा बाढीका कारण धनमाल नष्ट
फाइल तस्बिर ।

काठमाडौं । दार्चुला, नुवाकोट र बाजुरामा बाढीका कारण धनमाल नष्ट भएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–४ मटखोलामा आएको बाढीले सोही ठाउँस्थित मटखोला गाउँ र भट्टाड गाउँ जोड्ने काठे पुल बगाएको छ । हाल आवतजावत रोकिएको छ ।

Argakhachi Cement Island Ad

नुवाकोटको शिवपुरी गाउँपालिका–७, चापाकोटस्थित टोखा–छहरे सडकखण्डमा चापाकोट ठाडो खोलामा आएको बाढीले बा९६प ९८९७ नम्बरको मोटरसाइकल बगाएको छ ।

प्रहरीले मोटरसाइकल चालक विदुर नगरपालिका–९, किम्ताङ बस्ने ३५ वर्षीय सुकबहादुर तामाङलाई उद्धार गरी उपचारका लागि काठमाडौंतर्फ पठाएको छ ।

बाजुराको हिमाली गाउँपालिका–५, क्युडीस्थित क्युडीखोलामा आएको बाढीले सोही ठाउँ बस्ने अभिमान लुहारको सोही खोलानजिकै रहेको बाख्राको खोर र सोही ठाउँस्थित करिब ८० घर–परिवारको धान रोपेको खेत बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्