site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा आगलागीबाट भ्यान जलेर क्षति
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पोखरा महानगरपालिका–१७, शिशुनिकेतनस्थित सडकमा पार्किङ गरिराखेको भ्यानमा अचानक आगलागी भएको छ ।

ग१च ३३१४ नम्बरको बोलेरो पिकअप भ्यानमा गए राति अचानक आगलागी हुँदा भ्यानको अगाडिको भाग र चालक बस्ने सिट जलेर नष्ट भएको छ ।

Argakhachi Cement Island Ad

सोही ठाउँ बस्ने ४३ वर्षीय कुलप्रसाद शर्माको भ्यानमा आगलागी भएको प्रहरीले जनाएको छ ।

सीआरभी विरौटाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्