site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं र लमजुङमा पहिरोले सडक अवरुद्ध
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं र लमजुङमा पहिरोले सडक अवरुद्ध भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–३, पाँचमानेस्थित सडकको भित्तामाथि रहेको ठूलो ढुंगा गए राति बाटोमा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लमजुङको बेँसीसहर नगरपालिका–१, उदिपुरस्थित सडकमा आज बिहान पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अस्थायी प्रहरी पोस्ट उदिपुरबाट खटिएको टोलीले सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्