site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुर नगर प्रहरीको क्विक रेस्पोन्स टिम : सञ्चालनमा ल्याइयो चार विद्युतीय स्कुटर
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी ।

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेपोन्स टिमले चार विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।

महानगरवासीका समस्या तत्काल सामाधान गर्नका लागि विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको मेयर चिरिबाबु महर्जनले बताए ।

Argakhachi Cement Island Ad

महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले महानगरभित्र घट्ने घटनामा तुरुन्तै पुग्न सक्ने गरी स्कुटर सञ्चालन गरी क्यूआरटी टोली परिचालित गरिएको बताए । “पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न यी स्कुटरसहित टोली परिचालित हुनेछ,” उनले भने, “टोलीले महानगर क्षेत्र सरसफाइ समेत गर्नेछ ।”

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्