site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी किशोरीको उद्धार
सांकेतिक तस्बिर ।

कञ्चनपुर । मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौंबाट नेपालगन्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइफकाइ ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ ।

Argakhachi Cement Island Ad

काठमाडौंमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्‍याएको खुलेको छ । “काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगन्जसम्म ल्याए,” साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन् “किशोरीलाई आफू कहाँ जाँदै छु भन्ने केही पनि थाहा छैन ।”

किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्