site stats
बाह्रखरी :: Baahrakhari
देश
गृह मन्त्रालयको निर्देशन– बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्नू 
Argakhachi Cement Island Ad

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक  बिदाको दिनमा सरकारी सवारीसाधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारीसाधन रोक्ने, चाबी खोस्नेलगायत काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारीसाधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीसाधनहरुलाई सार्वजनिक बिदानको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोहीबमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सुसूचित गर्न गराउनुहुन तथा उपरोक्त बमोजिमबाहेकका सरकारी सवारीसाधन बिदाका दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाइका साथ लागु गर्नु गराउनुहुन अनुरोध छ ।”

गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै भनेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्