site stats
बाह्रखरी :: Baahrakhari
देश
यी नदीमा बहाव उल्लेख्य बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

आज चतरास्थित सप्तकोसी नदी, त्रिवेणीस्थित तमोर, रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसी, हम्पचुवारस्थित सुनकोसीलगायत नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

Argakhachi Cement Island Ad

केही नदीमा आकस्मिक बहाव समेत हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान बुलेटिन पढ्नोस्–

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्