site stats
बाह्रखरी :: Baahrakhari
देश
सुजिता हत्या : शौचालयको ट्याङ्कीभित्र गाडिएको थियो शव ! 
Argakhachi Cement Island Ad

काठमाडौं । महोत्तरीको भ्रमपूरा ७ कि सुजिता ठाकुरको हत्या गरेर निर्माणाधीन शौचालयको ट्याङकीभित्र शव गाडीएको अवस्थामा फेला परेको छ ।

अहिले प्रहरीले उक्त क्षेत्र उत्खनन् गरिरहेको छ । शव टुक्रा टुक्रा पारेर गाडिएको र फेरि त्यहाँमाथिबाट ढलान गरिएको पाइएको छ ।

सुजिताको हत्या उनकै ससुरा पतिराम ठाकुर र देवर रुपेशले गरेको पाइएको प्रहरीले जनाएको छ । हत्या आरोपमा देवर पक्राउ परिसकेका छन् भने ससुरा अहिलेसम्म फरार छन् ।
 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्