site stats
बाह्रखरी :: Baahrakhari
देश
क्याट नेपाल र क्याट युकेको ‘डग फाइट’

काठमाडौँ । बेलायतस्थित काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट यूके)ले नेपालस्थित काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट नेपाललाई) ४० हजार अमेरिकी डलर घोटाला गरेको आरोप लगाएको छ । क्याट यूकेले १८ जुनमा प्रेस विज्ञप्ति जारी गरेर क्याट नेपालका अध्यक्ष लक्ष्मी शर्मा र उपाध्यक्ष सुजन श्रेष्ठमाथि सो रकम हिनामिना गरेको भन्दै समाज कल्याण परिषद्मा उजुरी दिएको थियो । क्याट नेपालका आरोपित पदाधिकारीले सो आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।

बेलायतबाट जारी विज्ञप्तिमा सन् २०२० मा अध्यक्ष शर्मा र उपाध्यक्ष श्रेष्ठले दाताले दिएको रकम हिनामिना गरेको र सो तथ्य एक नेपाली अधिवक्ताको अनुसन्धानबाट बाहिर आएको जिकिर गरेको छ । 

विज्ञप्तिका अनुसार श्रेष्ठले दाताको पैसा अमेरिकामा रहेको पेपालको खातामा सीधै जानेगरी घोटाला गरेका थिए । क्याट बेलायतले सो रकम फिर्ता गरी नेपालस्थित बोर्डबाट राजीनामा दिन लक्ष्मी शर्मा र सुजन श्रेष्ठलाई आग्रह गर्दा उल्टै शर्माले ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ ।

समाजकल्याण परिषदले यस विषयमा कुनै जानकारी दिएको छैन । परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले परिषद्मा भर्खर क्याट नेपालविरुद्ध उजुरी परेको पुष्टि गरे । उनले घटनाबारे अहिले नै केही भन्न नसकिने भन्दै समिति बनाएर छलफल गरिने बताए । 

२१ जुनमा क्याट नेपालले क्याट यूकेको सबै आरोपको खण्डन गर्दै विज्ञप्ति निकालेको थियो । यस्तै  संस्थाकी अध्यक्ष शर्मा यी सबै आरोप झुटो भएको बताउँछिन् । क्याट यूकेमा कार्यरत बेन‌ ‌चर्मन‌, क्लिन्ट‌ ‌पावेल र स्यामुअल जि डेभिसले क्याट नेपाललाई उड्ने, गुड्ने र मस्ती गर्ने धन्दाको रूपमा प्रयोग गरेको ७२ वर्षीय शर्माको आरोप छ ।  

"यदि मैले र सुजनले रकम हिनामिना गरेको भए अदालत छ, पुष्टि गर । हैन भने हावादारी कुरा किन गर्ने ?," उनी भन्छिन्, "म नेपालकै पहिलो उद्यमी महिला हुँ । सुजन पनि धनीमानी मान्छे हो । हामीलाई आरोप लगाउने क्लिन्ट, बेन र स्यामुअलको आम्दानीको स्रोत के हो ? त्यो सोध्नुस् न ।" 

के हो क्याट नेपाल ? 

१८ वर्ष अगाडि सन् २००४ मा एशियाकै पहिलो टेम्पो चालक लक्ष्मी शर्मा र हरिवंश आचार्यको अध्यक्षतामा बेलायती‌ ‌नागरिक‌ जान ‌साल्टरको‌ ‌परिकल्पनामा सडकमा रहेका कुकुरको अप्रेसन र उपचार गर्ने उद्देश्यले क्याट नेपालको स्थापना भएको थियो ।

तत्कालीन अवस्थामा सबैले अलि अलि रकम सहयोग गर्दै क्याट नेपाल चलेको शर्मा सुनाउँछिन् । शर्माको अध्यक्षको रूपमा अहिले दोस्रो कार्यकाल चलिरहेको छ । उनकै अनुरोधमा बेलायती‌‌ नागरिक‌ ‌बर्बरा‌ वेब्ब‌ ‌र‌ ‌जिम‌ ‌पेअरसा‌ले ६८ लाख चन्दा दिई गोदावरीमा ५‌ ‌रोपनी‌ ‌जग्गा‌‌ खरिद‌ गरेको र ५ वर्षपछि बिक्री गरी ‌बूढानीलकण्ठ‌मा पुनः‌ ‌संस्थाकै‌ ‌नाममा‌ ‌३०‌ ‌आना‌ ‌(यहाँ ‌पनि‌ ‌५ रोपनी‌ ‌नै‌ ) ‌खरिदका ‌लागि‌ ‌२‌ ‌करोड‌ ‌८०‌ ‌लाख‌ ‌बैना‌ ‌दिइएकोमा‌ ‌बिक्रीकर्ता‌ ‌राजु‌ ‌श्रेष्ठले‌ ‌३०‌‌ आना‌ ‌मात्र‌ ‌उपलब्ध‌ ‌गराएपछि निजविरुद्ध ‌काठमाडौँ ‌जिल्ला‌ ‌अदालत‌मा मुद्दा जितेको‌ ‌र‌ ‌उच्च‌ ‌अदालतले‌ सदर‌ ‌गरेकोले ‌हाल‌‌ ‌कार्यान्वयन‌‌ प्रक्रियामा‌ ‌छ ।

त्यसपछि विदेशी दाताले दिएको रकम सहज तरिकाले नेपालमा ल्याउन जानले बेलायतमा आफ्ना‌ ‌भाइ ‌कार्ल‌ ‌साल्टरको‌ ‌अध्यक्षतामा‌ ‌‌सन् २०१०‌ ‌मा‌ ‌क्याट‌ ‌यूके‌‌ खोलिन् ।‌ बढी‌ ‌रकमको‌ ‌आवश्यकता‌ ‌पर्ने‌ ‌भन्दै अमेरिकामा‌ ‌रहेका‌ ‌उपाध्यक्ष‌ श्रेष्ठलाई‌ जान‌ साल्टरकै उपस्थितिमा सन् २०१४ मा अमेरिकन‌ ‌पेपाल‌ ‌खोलियो । ‌

सो पेपाल‌ ‌खातामा‌ ‌जम्मा‌ ‌भएको‌‌ रकम‌ ‌‌श्रेष्ठले‌ ‌नेपालमा‌ ‌रहेको‌ ‌आफ्नो  ‌खाताबाट‌ ‌क्याट‌ ‌सेन्टरको‌ ‌नाममा‌ ‌चेक‌ ‌दिने‌ गरेका‌ ‌थिए‌ ‌।‌ ‌क्याट‌ ‌यूकेले‌ ‌पर्याप्त‌ ‌मात्रामा‌ ‌रकम‌ ‌जम्मा‌ ‌गर्न‌ ‌थालेकाले‌ ‌अमेरिकन‌‌ पेपालको‌ ‌आवश्यकता‌ ‌नदेखिएको‌ ‌‌हुँदा‌ ‌‌‌२‌ ‌मे‌ ‌२०१८‌ ‌मा ‌सञ्चालक‌ ‌लोब्साङ‌ ‌नेपाली‌मार्फत् यूके बोर्डका‌ ‌सदस्य‌ ‌‌स्यामुअल जी डेभिस‌लाई उक्त‌ ‌अमेरिकन‌ ‌पेपालको‌ ‌आईडी‌ ‌र‌ ‌पासवर्ड‌ ‌हस्तान्तरण‌ गरिएको क्याट नेपालले जनाएको छ ।

क्याट नेपालका अनुसार बैंक‌ ‌स्टेटमेन्ट, ‌आम्दानी‌ ‌खाता‌ ‌तथा‌ ‌अडिट‌ ‌रिपोर्टहरूमा‌ ‌उक्त‌‌ रकमबारे उल्लेख छ । अध्यक्ष ‌शर्माका अनुसार श्रेष्ठले पटकपटक गरी अहिलेसम्म २८ हजार अमेरिकी डलर क्याट नेपालको नेपाल इन्भेस्टमेन्ट बैँकको खातामा पठाइसकेका छन् । "यता क्याट यूकेले क्याट नेपालको नाममा पैसा उठाइरहेको छ । तर पैसा नेपाल पठाएको छैन । कर्मचारीलाई कसरी पालिरहेको छु, मलाई मात्र थाहा छ," उनले भनिन् ।

क्याट यूकेले सन् २०१४ देखि २०१७ सम्म रकम हिनामिना गरेको आरोप लगाएको हो । यता क्याट नेपालले श्रेष्ठको खातामा करिब ३२ लाख रकम रहेको बताएको छ । उनीहरूले त्यही रकम हिनामिना गरेको झुटो आरोप लगाएको क्याट नेपालको भनाइ छ । दाताले पठाएको रकम अहिलेसम्म कहाँ कति खर्च भए, सबैको अडिट रिपोर्ट भएको र सो रिपोर्ट भिडियोसहित दुई दिनपछि सार्वजनिक गर्ने तयारी गरिरहेको क्याट नेपालले बताएको छ ।

क्याट नेपालका प्रोग्राम कोअर्डिनेटर आकाश दाहालले क्याट यूकेले क्याट नेपालको नाममा पैसा उठाइरहेको र ९ महिनादेखि पैसा नपठाएको आरोप लगाए । क्याट नेपालका पदाधिकारी शर्मा र श्रेष्ठले ठगी नगरेको र आफूले स्रोतमाथि हालीमुहाली गर्न उनीहरूलाई पदबाट निकाल्न जरुरी भएको सामूहिक छलफलमै बताएको भिडियो प्रमाण क्याट नेपालसँग रहेको दाहाल बताउँछन् । स्यामुअल सामान्य स्वयम् सेवक भएर सन् २०११ मा क्याट नेपालमा काम गर्न आएको र अहिले उनले नै क्याट नेपाललाई नियन्त्रणमा लिन खोजेको उनको भनाइ छ ।

क्याट यूकेले आफ्नो वेबसाइट https://katcentre.org/en/ लाई आधिकारिक भनेको छ भने वेबसाइटमा काठमाडौँ कार्यालयको फोटो राखेर दातासँग सिधै पेपलमा रकम पठाउन अनुरोध गरेको देखिन्छ । उनीहरूले आफूलाई आधिकारीक र काठमाडौँस्थित क्याट नेपाल स्थानीय भएको र त्यसलाई बेलायतबाट सञ्चालन गरेको वेबसाइट र विज्ञप्तिमा उल्लेख गरेका छन् । क्याट नेपालले झुटो वेबसाइट, फेसबुकट र इन्स्टाग्राम बनाएको भन्दै त्यसमा पैसा नदिन दातालाई विज्ञप्तिमा अनुरोध गरेको छ । 

यता https://www.katcentre.org.np/ लाई क्याट नेपालले आधिकारिक भनेको छ । अध्यक्ष शर्मा सामाजिक सञ्जाल चलाउन नसक्ने भएकाले क्याट यूकेले त्यसैको फाइदा लिँदै वेबसाइट लिने, फेसबुक र ट्विटरको खाता ह्याक गरेको र फिल्डमा काम गर्ने काठमाडौँस्थित कर्मचारीलाई सामाजिक सञ्जालको पासवर्ड थाहा नभएको दाहालको भनाइ छ ।

विवाद कहिलेदेखि सुरु ?
जान‌ ‌साल्टरको‌ ‌मृत्युपछि क्याट ‌यूके‌मा ‌आएका‌ ‌नयाँ‌ ‌पदाधिकारीहरू‌ ‌स्यामुएल‌, बेन‌ ‌र‌ क्लिन्ट‌ ‌आदिले‌ ‌स्वयंसेवक‌को‌ ‌रूपमा‌ ‌नेपाल‌ ‌आई‌ ‌काम‌ ‌गर्ने‌ ‌तर‌ ‌क्याट‌ ‌यूकेको‌ ‌खाताबाट‌‌ पारिश्रमिक‌ ‌लिने‌ ‌गरेको‌ अध्यक्ष शर्मा‌ले थाहा पाएकी थिइन् । त्यसपछि उनले बेलायत‌ गई‌ ‌उनीहरूको पर्दाफा‌स ‌गरेपछि समस्या सुरु भएको उनको भनाइ छ । ‌बोर्डलाई नै उपेक्षा गरेर आफूखुसी निर्णय गरी अफिसमा मान्छे राख्ने र उनीहरूले पैसा हिनामिना गरेको अध्यक्ष शर्माको आरोप छ ।  "प्रमाण छ भने देखाउ नेपालमा वर्किङ भिसामा काम गरेको  त्यहाँ उनीहरू र म बिच बाझाबाझ भयोस्यामुअलले त कुटुलाझैँ गर्दै हातपात गर्न खोज्यो । त्यही इगोको झगडा हो," उनले भनिन् ।

सन् २०१८ मा जान साल्टर बितिन् । उनी बितेपछि यूके बोर्डलाई नेपाल बोर्डलाई माइक्रो म्यानेज गर्न सजिलो भएको क्याट नेपालका एक कर्मचारी बताउँछन् । ‌शर्मा‌ ‌नेतृत्वमा‌‌ रहेसम्म‌ ‌उनीहरूले‌ ‌चाहेजसरी‌  ‌सञ्चालन‌ ‌गर्न‌ ‌नसकिने‌ भएपछि शर्मा‌लाई अध्यक्षबाट‌ नहटेसम्म‌ ‌रकम‌ ‌रोक्का‌ ‌गर्ने‌ ‌चेतावनी‌ ‌दिँदै‌ ‌आइरहेको ‌र‌ ‌गत‌ ‌‌ ‌२८‌ असोज ०७७ ‌‌‌देखि ‌पूर्ण रूपमा‌ ‌डोनेसन‌ ‌बन्द‌ ‌गरेको  क्याट नेपालले जनाएको छ ।

यस्तै, ‌क्याट नेपाल ‌क्याट‌ ‌यूके‌ भन्दा‌ ‌६‌ ‌वर्ष‌ ‌अगाडि नै‌ ‌स्थापित‌ ‌स्वतन्त्र‌ ‌हैसियत‌ ‌भएको‌‌ संस्था‌ भएको भन्दै प्रचलित ‌कानुन‌ ‌र‌ ‌यसको‌ ‌विधानको‌ ‌अधीनमा‌ ‌रही‌ ‌देश‌ ‌विदेशबाट‌ चन्दा‌ ‌संकलन‌ ‌गर्न‌ ‌सक्ने‌ ‌क्याट नेपालले जनाएको छ । पेपाल ‌खातामा‌ ‌जम्मा‌ ‌भएको‌‌ रकम‌ ‌क्याट नेपालको ‌अधीनमा‌ ‌आइसकेकोले‌ ‌क्याट‌ ‌यूके‌ले‌ ‌आफ्नो ‌अधिकार क्षेत्र‌ ‌नै‌‌ नभएको‌ ‌र‌ ‌२०१७‌ ‌भन्दा‌ ‌अगाडि ‌जम्मा‌ ‌भई‌ ‌संस्थाकै‌ ‌हितका लागि‌ ‌खर्च‌ ‌भैसकेको‌ ‌र‌ ‌सोको‌‌ सम्पूर्ण‌ ‌विवरण‌ ‌सार्वजनिक‌ ‌भई‌ ‌लेखापरीक्षण‌समेत‌ ‌भैसकेको‌ ‌रकम‌ ‌गमन‌ ‌गर्‍यो भन्नु गलत मनसाय रहेको क्याट नेपालको जिकिर छ ।

अहिले क्याट यूकेले क्याट नेपालको नाममा आएको रकमले क्याट नेपाल क्लिनिक सञ्चालन गरेको छ । शर्माले क्याट यूकेसँग रकम नलिने भन्दै सम्बन्ध तोडिसकेको बताउँछिन् । "विदेशी भएकाले उजुरी गर्न नमिलेर मात्र हो," उनले भनिन् ।

क्याट यूकेले इमानदार कर्मचारी निकालेको र आफ्नो मान्छे राखेको आरोप लगाएको छ । यस विषयमा क्याट नेपालका दाहालले एक जनाले आफैँ राजीनामा दिएको र एक जना सूचना अधिकारीको पदमा रहेकाले दुव्यर्वहार गरेपछि अफिसले निकालेको बताए ।

"यसमा बोर्डले बैठक गरेरै निकालेको छ । हामीसँग प्रमाण छ," उनले भने । क्याट यूकेले विनाप्रमाण रकम हिनामिनाको आरोप लगाएपनि आफूहरूले प्रमाणसहित अघि बढ्ने उनी बताउँछन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्