
काठमाडौं । यतिबेला कोभिड–१९ को संक्रमणले देशलाई अस्तब्यस्त बनाएको छ । अस्पतालहरु कोभिड संक्रमितले भरिएका छन् । सरकारले हामी सक्दैनौैं भनेर हात उठाइसक्यो, यसको अर्थ नयाँ संक्रमितले उपचार पाउने अवस्था न्यून प्रायः छ । अक्सिजन अभावमा संक्रमितले ज्यान गुमाइरहेका छन् । सेनाले भनिसक्यो– कोभिड संक्रमितको शव अव सामूहिक व्यवस्थापन गर्ने अवस्था आउन लाग्यो । सरकार र सेनाका यी अभिव्यक्तिले अवस्था सहज छैन भन्ने प्रष्ट पार्छ ।
कोरोना संक्रमितको संख्या अनपेक्षितरुपमा बढेपछि सबै हब र स्याटलाइट अस्पतालहरुलाई संक्रमितको उपचारमा प्रयोग गरिएको छ ।
यो अवस्थामा अधिकांश अस्पतालहरुमा अन्य रोगका बिरामीको उपचार प्रभावित भएको छ । सबै अस्पतालहरुलाई कम्तीमा ५० प्रतिशत बेड कोभिड संक्रमितका लागि छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिइसकेको छ ।
काठमाडौं उपत्यकाका १४ वटा अस्पताललाई सरकारको तर्फबाट कोभिड अस्पतालको रुपमा प्रयोग गरिँदै आएको छ । यी अस्पतालहरुमा अन्य रोगका बिरामीको चाप कम भए पनि नियमित उपचारमा रहनुपर्ने तथा दीर्घरोगीहरुको उपचार भने नियमित छ ।
निषेधाआज्ञा जारी भएका ४१ जिल्लामा सम्बन्धित अस्पतालको प्रमाणित कागजातका अधारमा बिरामी र बिरामीका आफन्तलाई आवतजावतको व्यवस्था गरिएको छ ।
हेरौँ, एक भिडियो रिपोर्ट