site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई बुझाएको १९ पृष्ठको निवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पुनः १९ पेज लामो निवेदन दर्ता गरेको छ ।

निर्वाचन आयोगले रित पुर्‍याएर आधिकारिकता दाबी गर्न भनेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरूले मंगलबार आयोगमा आधिकारिकता दाबी पेस गरेका हुन् । उनीहरूले दर्ता गरेको निवेदनमा गएको पुस ५ गते विवाद उत्पन्न भएयता आफ्नो समूहले गरेको सम्पूर्ण निर्णय अभिलेखीकरणका लागि राखेका छन् ।

Argakhachi Cement Island Ad

त्यस्तै, उनीहरूले गएको पुस ७ गते बसेको तेस्रो केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाइसकेको र यही माघ १९ गते बसेको चौथो केन्द्रीय कमिटी बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेकाले पहिलो अध्यक्ष अभिलेखबाट हटाउन माग गरेका छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आयोगले भनेअनुसार र कानुनले तोकेअनुसार पार्टीले निवेदन दर्ता गरेको जानकारी दिए । उनले दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरिएको बताए । “हामीले बल्ल दाबी गरेका छौँ । दाबीलाई ध्यानमा राखेर आयोगले प्रशासनिक र न्यायिक निर्णय गर्नुपर्छ । आयोग त्यो ठाउँमा पुगेको,” उनले भने, “अब आयोगका सामु न्यायिक निर्णय दिने घडी आइपुगेको छ । ऊ उम्कन पाउँदैन ।”

निवेदनको पूर्णपाठ पढ्नोस्

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्