site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा रुपन्देहीकी ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

चितवन । चितवन मेडिकल कलेजमा रुपन्देहीकी ३५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

अस्पतालका अनुसार रुपन्देही तिलोत्तमा नगरपालिकाका महिलाको सोमबार अपराह्‍न ४ बजे मृत्यु भएको हो । 

असोज २० गते नै कोरोना पुष्टि भएकी ती महिला श्वासप्रश्वास र ज्वरो आएर अस्पतालमा २१ गते भर्ना भएकी थिइन् । उनको कोभिड-१९ आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  २०:१७
प्रतिक्रिया दिनुहोस्