site stats
बाह्रखरी :: Baahrakhari
देश
चोरखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध 

फाइल तस्बिर ।


चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको चोरखोलामा सोमबार दिउसो पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

सो स्थानमा सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा सुख्खा पहिरो खसेको हो । 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए । 

पहिरो पन्छाएर  बाटो खुल्न केही समय लाग्‍ने थापाले बताए । पहिरो खसेको ठाउँ ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ अन्तर्गत पर्छ । 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १५:२३
प्रतिक्रिया दिनुहोस्