site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा ५ महिने शिशुसहित थप २६ जनामा कोरोना संक्रमण 

चितवन । चितवनमा ५ महिने शिशुसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार राति १० बजे सार्वजनिक गरिएको विवरण अनुसार चितवनका २५ जना र तनुहँ, देवघाटका एक जना गरी  २६ जनामा कोरोना देखिएको हो ।

प्रयोगशालाका अनुसार तीमध्ये भरतमहानगरपालिकाका  दुईजना , रत्‍ननगर नगरपालिकाका १४ जना, माडी नगरपालिकाका ९ जना र देवघाटका १ जना गरी २६ जना संक्रमित भएका हुन ।

प्रयोगशालामा बुधबार भएको परीक्षण नतिजामा १५९ नमुना मध्ये १३३ जनाको नमुना नेगेटिभ आएको छ ।  

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  २२:५०
प्रतिक्रिया दिनुहोस्