site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राजस्व छलीमा साढे ६ अर्ब बिगो मागसहित मुद्दा दायर

काठमाडौं । राजस्व छली तथा चुहावट गर्नेविरुद्ध अहिलेसम्मकै ठूलो परिमाणको मागदाबी सहित मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले बुधबार एकैदिन ६ अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व छली गर्नेलाई उत्ति नै रकम बिगो मागसहित उच्च अदातल पाटनमा ४ वटा मुद्दा दर्ता गरेको हो ।

भन्सार, मूअ कर र आयकर राजस्व चुहावटको कसुरमा विभिन्न १६ फर्मविरुद्ध मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । उनले बाह्रखरीसँग भने, ‘हामीले एकैदिन यति ठूलो रकम बिगोदाबीसहित मुद्दा हालेका थिएनौं । राजधानीमै विभिन्न व्यवसाय गर्ने तर राजस्व छली गर्ने हाम्रो कारबाहीमा परेका छन् ।”

उनका अनुसार सोह्रखुट्टे, सानेपाका व्यापारीविरुद्ध मुद्दा हालिएको हो । पाटन अदालतमा दायर मुद्दामा बिगो असुलीसहित कैदको पनि माग गरिएको छ । उनले भने, “सोह्रखुट्टेमा सञ्चालनमा रहेको हाइटेक इन्टरनेसनलको सञ्चालक समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय समेतको माग गरेका छौं ।”

Argakhachi Cement Island Ad

बुधबार दर्ता गरिएका दुई मुद्दा विद्युतीय सामग्री कारोबार गर्ने हुन् ।

सोह्रखुट्टेको हाइटेक इन्टरनेसनलले मेमोरी कार्ड, पेन ड्राइभ लगायत विद्युतीय सामग्री कर छली गरेर बेचेको पाइएको उनको भनाइ छ । सानेपका दुई फर्म पनि उस्तै कारोबार गर्ने उनले बताए ।

विभागका अनुसार हाइटेक इन्टरनेसनलले आयातका क्रममा मालवस्तु घोषणा नै नगरेको पाइएको हो । यसो त सो फर्मले कारोबारका क्रममा केही मालवस्तुको मात्र आधिकारिक बिल जारी गरेको छ ।

हाइटेकले धेरै जस्तो सामानको लुज बिल जारी भएको छ भने न्यून विजकीकरण पनि गरेको छ । कम्पनीले यथार्थ कारोबारको छुट्टै लेजर खडा गरी अभिलेख राखेको पाइएको हो । यसबाट कम कारोबार भएको देखाएर कम्पनीले सरकारलाई बुझाउनु पर्ने भन्सार, मूअ कर तथा आयकर छली गरेको हो ।

हाइटेक इन्टरनेसनलले १ अर्ब ७१ करोड ५६ लाख २८ हजार रुपैयाँ भन्सार छलेको विभागको आरोप छ । यसैगरी ५९ करोड २८ लाख १३ हजार मूअ कर र १२ करोड १४ लाख ३४ हजार आयकर तथा लाभांश कर छलेको आरोप लगाइएको छ । विभागले कम्पनीका सञ्चालक तथा कर्मचारीलाई कारबाही गर्न माग पनि गरेको छ ।

बुधबारै सानेपामा सञ्चालनमा रहेका जेएसएस मोबाइल एन्ड सर्भिसेज र श्री श्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्ब ३९ करोड ७ लाख रुपैयाँ बिगो कायम गरी पाटनस्थिति उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

दुवै फर्मले भन्सार नै नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान आयात गरेको पाइएको छ । दुवै फर्मको कारोबारसम्बन्धी खाता, लेजर, नगदी रसिद ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात अध्ययन गर्दा कर प्रयोजनमा पेस गर्ने छुट्टै र आन्तरिक लेखा तथा खाता छुट्टै राखेको पाइएको छ ।

दुई फर्मविरुद्ध १ अर्ब दुवै फर्मले भन्सार नै नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान आयात गरेको पाइएको छ । दुवै फर्मको कारोबारसम्बन्धी खाता, लेजर, नगदी रसिद ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात अध्ययन गर्दा कर प्रयोजनमा पेस गर्ने छुट्टै र आन्तरिक लेखा तथा खाता छुट्टै राखेको पाइएको छ ।

दुई फर्मविरुद्ध १ अर्ब १ करोड ९८ लाख २३ हजार रुपैयाँ भन्सार, ३२ करोड २४ लाख ६३ हजार मूअ कर र ४ अर्ब ८५ करोड १५ लाख रुपैयाँ आयकर तथा लाभांश कर चुहावट गरेको आरोप लागेको छ ।

करोड ९८ लाख २३ हजार रुपैयाँ भन्सार, ३२ करोड २४ लाख ६३ हजार मूअ कर र ४ अर्ब ८५ करोड १५ लाख रुपैयाँ आयकर तथा लाभांश कर चुहावट गरेको आरोप लागेको छ ।

यसैगरी झुटो मूअ कर बिल जारी गरी राजस्व छली गर्ने माँ वैष्णो ट्रेड कन्सर्नसहित ९ वटा फर्मका सञ्चालक, प्रोप्राइटर र मुख्य कारोबारीसमेत १९ जनाले २ अर्ब १६ करोड ६५ लाख ४९ हजार रुपैयाँ राजस्व चुहावट गरेको पाइएको छ ।

उनीहरुले वस्तु तथा सेवा खरिद बिक्री नै नगरी बिलमात्र जारी गरेका हुन् । जसबाट राज्यले मूअ कर र आयकर चुहावट गरेको आरोप विभागको छ ।

२ अर्बभन्दा बढी राजस्व छल्नेहरु राजाराम महतो, जयकिशोर साह, सुरेश ठाकुर, पिकींकुमारी पण्डित, राजकुमार राउत कुर्मी, लक्ष्मी महतो धानुक, कृष्णलाल महतो, सुरेश महरा, राजेशकुमार कलवार, रुस्तम देवान, अमितकुमार श्रीवास्तव, रामइश्वर महतो, परमेश्वर साह, मुकेशकुमार झा, राजाराम महतो सुढी, उर्मिला कुमारी, नसिबकुमार झा, मुहम्मद नास्रुद्दिन आलम र नीलकण्ठ श्रेष्ठ हुन् ।

यसैगरी झुटो बिल लिई राजस्व छली गर्ने जयमाताजी इन्टर प्राइजेज समेतका ४ वटा फर्मका सञ्चालक तथा प्रोप्राइटरहरु समेत ३ जनाले ६१ करोड, ५४ लाख, २२ हजार रूपैयाँ राजस्व छली गरेको आरोप राजस्व अनुसन्धान विभागको छ । उनीहरूले पनि वस्तु तथा सेवा खरिद नै मूअ कर बिल लिएका हुन् । विभागले बाबुनन चौधरी कलवार, रोशनकुमार चौधरी र राज चौधरीविरूद्ध मुद्दा हालेको हो ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १९:३५
प्रतिक्रिया दिनुहोस्